दल दर्ताको अन्तिम मिति आज
Prime TV News ४ दिन अगाडि काठमाडौ । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ताको अन्तिम मिति आज सकिँदै छ ।
आयोगले तोकेको समयसीमाअनुसार आजभित्र दर्ता नगरिएका कुनै पनि दललाई निर्वाचनमा भाग लिन पाउने छैनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पहिले नै दर्ता भएका राजनीतिक दलले समेत यस पटकको निर्वाचनमा सहभागी हुन पुनः दर्ता अनिवार्य छ।
हालसम्म आयोगमा १३४ दल दर्ता रहेकामा मंगलबारसम्म ८० दलले मात्र पुनः दर्ता प्रक्रिया पूरा गरेका छन्। निर्वाचन प्रक्रियामा भाग लिने दलले आज सम्म दल दर्ता गरि सक्नु पर्नेछ ।
दल दर्ताको समय सकिएसँगै निर्वाचन तयारी औपचारिक रूपमा अर्को चरणमा प्रवेश गर्नेछ।













