उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीले साझा चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीले साझा चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी

काठमाडौ । उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा साझा चुनाव चिह्न प्रयोग गर्ने भएका छन्।

दुबै पार्टीले निर्वाचन आयोगमा उम्मेदवार दर्ता गर्न साझा चुनाव चिह्नमा आवेदन दिएका छन्। उज्यालो नेपाल पार्टीले बिजुलीको चिम हो भने हाम्रो नेपाल पार्टीले लाइक चुनाव चिह्न पाएका थिए। तर निर्वाचन प्रयोजनकालागि उनीहरूले एउटै चिह्नमा चुनाव लड्न अनुमति मागेका हुन्।

निर्वाचन आयोगले फरक–फरक पार्टीहरूले एउटै चुनाव चिह्न प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। तर त्यसका लागि प्रत्येक पार्टीले अलग अलग निवेदन दिनुपर्ने नियम छ। त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा निर्वाचन लड्न आयोगमा निवेदन दिएका छन्।