शेयर बजारमा वृद्धि, नेप्से २,६६५ विन्दुमा बन्द

User Image Prime TV News एक महिना अगाडि
Image of शेयर बजारमा वृद्धि, नेप्से २,६६५ विन्दुमा बन्द

काठमाडौ । साताको चौथो दिन पनि नेपाली शेयर बजार बढेर बन्द भएको छ। आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज नेप्से परिसूचक ९.६१ अंकले वृद्धि भई २,६६५ विन्दुमा पुगेको छ। आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ।

दिनभर ३२२ कम्पनीका १ करोड ३६ लाख २० हजार कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। आज सबैभन्दा बढी एनआरएन कम्पनीको शेयर कारोबार भएको छ । जसको कारोबार रकम ६२ करोड ४३ लाख रुपैयाँ छ। त्यस्तै शिवम् सिमेन्टमा २६ करोड ७५ लाख र हिमालयन डिष्टिलरीमा २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

लगानीकर्ताका दृष्टिले हेर्दा, झापा इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशत नाफा पाएका छन्। तर, बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशत घाटा भोग्नुपरेको छ।

आजको बजार वृद्धि र उच्च कारोबार भएका कम्पनीहरूले लगानीकर्ताबीच उत्साह कायम राखेको छ भने, बजारमा सकारात्मक संकेत देखिएको छ।