प्रधानमन्त्री बन्ने इच्छा छैन, तर देशले मागे जिम्मेवारी लिने तयार छुः प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अब प्रधानमन्त्री बन्ने धेरै इच्छा नभएको बताएका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब प्रधानमन्त्री बन्ने इच्छा नभएको बताए । तर देश र जनताले माग भने जिम्मेवारी लिन तयार रहेको बताए । उनले भने, “प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले मागे जिम्मेवारीबाट पन्छिने मेरो बानी छैन।”
प्रचण्डले आफ्नो अघिल्लो कार्यकालको चर्चा गर्दै भ्रष्टाचारविरुद्ध अभियान चलाएको र राम्रो काम गर्न खोज्दा सङ्ख्याको बलमा सरकारबाट हटाइएको अनुभव सुनाए। साथै, उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका कारण जेनजी विद्रोह भएको बताए । जेनजी विद्रोहले उठाएको माग जायज रहेको भन्दै उनीहरुको माग सम्बोधन हुनुपर्ने उल्लेख गरे ।












