दल दर्ताको समय चार दिन थप
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दल दर्ताको समय चार दिन थपेको छ।
पहिले थपिएको समय नै अपुग भएपछि फेरि समय बढाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्। आयोगमा दर्ता रहेका कुल १३७ दलमध्ये बुधबारसम्म १०६ दलले पुनः दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।
नयाँ दर्ता हुन चाहने दलहरूको संख्या पनि बढ्दै गएको छ। हालसम्म १८ नयाँ दल आयोगमा दर्ता भइसकेका छन् भने थप २० दल दर्ता प्रक्रियामा रहेको आयोगको विवरणमा उल्लेख छ ।













