कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ।
निरन्तर सार्दै आएको बैठक भोली मंसिर ११ गतेका लागि तोकिएको थियो । तर सो बैठक पनि पुनः सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार अब बैठक शुक्रवार दिउँसो २ बजे बस्नेछ। पछिल्लो समय विशेष महाधिवेशनको माग, नेतृत्वप्रति असन्तुष्टि र कार्यकर्ताबीच बढ्दो दबाबले कांग्रेस आन्तरिक रूपमा अत्यन्त अस्थिर देखिएको छ।
निरन्तर सर्ने बैठकको क्रमले राजनीतिक रूपमा संवेदनशील र विभाजित अवस्थामा रहेको पार्टी अझै निर्णयहीन बन्दै गएको छ।














