आजको तपाईको राशिफल कस्तो छ ?

User Image Prime TV News ३ दिन अगाडि
Image of आजको तपाईको राशिफल कस्तो छ ?

मे धत्ते भुवनानी सप्त गुणवान स्रष्टारजः संश्रयः संहर्ता समसन्वितो गुणवती मायामतित्य स्थितः ।।
सत्यानन्दमनन्तवोधममलं ब्रह्मादिसंज्ञास्पदं नित्यं सत्वसमन्वयादधिगतं पूर्णं शिवं धीमहि ।।

जो राजगुणको आश्रय लिएर संसारको सृष्टि गर्दछन् सत्यगुणले सम्पन्न भएर सात भुवनको भरण पोषण गर्दछन् । तमो गुणले युक्त भएर सबैको सहार गर्दछन् तथा त्रिगुणमय मायालाई बोकेर आफ्नो शुद्ध स्वरुपमा रहनु भएका सत्यानन्द स्वरुप अनन्त बोधमय निर्मल एवं पूर्णब्रह्म शिवलाई हामी ध्यान गर्दछौ । वहाँ नै श्रृष्टिकालमा ब्रह्मा पालन समयमा विष्णु र संहार कालमा रुद्र नाम धारण गर्नुहुन्छ साथै सात्विक भावले आराधना गर्दा नै प्राप्त हुनुहुन्छ यस्ता सदाशिवलाई हामी प्रातः कालमा स्मरण गर्दछौ ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष सप्तमी तिथि धनेष्टा नक्षत्र मंसिर महिनाको ११ गते आज बिहिवार तदनुसार २७ नोभेम्वर २०२५ गर करण श्रीवत्स योग, मकर राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि १८ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३५ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ७ मिनेट साझमा रहेको छ ।  

आजको राशिफल:-

मेषः– आज स्वास्थ्यमा केही कमजोरी देखिएपनि आटेको काम सजिलै हुनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिएला । पढाइ लेखाइमा प्रगति हुनेछ । वौद्धिक प्रतिस्पर्धामा विजयी भइने योग रहेको छ । प्रतिष्ठित काम प्रारम्भ होला तर अप्रिय समाचारले भने मन खिन्न बनाउन सक्छ । पशुपालन तथा कृषि क्षेत्रमा सामान्य लाभ मिल्नेछ । आफ्ना व्यक्तिले प्रसन्न दिलाउने छन् ।

वृषः– केही अवसर प्राप्त भएपनि आफूलाई रिस गर्नेले सताउनेछन् आफूले चिताएको काम समयमा नबन्ला साझेदारीमा समस्या आउनाले पहिलेका सम्झौता भंग हुन सक्छन् अरुको फाइदाका लागि उपयोग हुनेछ । विना सोचेर दिएका वचनले आफैलाई अप्ठयारो पार्न सक्छ । आफ्ना महत्वकांक्षी योजना गोप्य राख्नु होला ।

मिथुनः– आज हिम्मतले काम लिदा फाइदा हुनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तर समयमा सजग नबन्दा शुभचिन्तकहरु टाढिन सक्छन् सहयोगीहरुको वेवास्मता गर्दा कष्ट पाइनेछ फजुल खर्च बढदा काममा चुनौती देखिएला आफ्नो दैनिकीमा चाप बढेतापनि फाइदा भने हुनेछ । विद्यार्थीका लागि आजको दिन राम्रो रहेको छ ।

कर्कटः– आज मनमा द्धिविधा बढनाले निर्णायक क्षमतामा ह्रास आउनेछ । लगनशील बन्न नसक्दा ठूलो उपलब्धी गुम्ने सम्भावना रहेको छ । वादविवादले आटेका काममा बाधा पुर्याउने छ त्यसमा सजग रहनुहोला । अरुको वचन टाल्न नसक्दा दुःख पाइनेछ । अपेक्षा अनुसार खर्च नउठन सक्छ आफ्नै कामले अप्ठयारोमा पार्न सक्छ समयको सहि सदुपयोग गर्नुहोला ।

सिंहः– आज विभिन्न अवसर आएपनि हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । आफन्तको भेटघाटले चिताएको काममा बाधा पुग्नेछ आश्वासन दिनेहरुले झुक्याउन सक्छन् रमाइलो जमघटको आनन्द लिन नसकिएला तर विद्यार्थी र राजनीतिमा भने राम्रो अवसर मिल्ने छ ।

कन्याः– आज समयमा होसियार बन्न नसक्दा खर्च बढने देखिन्छ । आफ्नो श्रम अनुसारको फाइदा नपाइएला । परिवारजनवाट पनि टाढिनुपर्ला आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धी उठाउन मुस्किल पर्ने छ तर साथीभाइ भने आफ्नो समस्या सुनाउदा साथ दिनेछन् यानवाहन सञ्चालनमा विशेष सावधानी अपनाउनु होला ।

तुलाः– चुनौतीपूर्ण कामको जिम्मेवारी लिनाले धेरै परिश्रम गर्नुपर्ला । अप्ठयारो स्थितिको सामना गर्नुपर्दा साचेजस्तो उपलब्धी नहुन सक्छ । स्वास्थ्यमा पनि कमजोरीको अनुभव गर्नु हुनेछ अगाडीका समस्यमा गम्भिर नबन्दा आएका अवसर पनि गुम्न सक्नेछन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् यसमा सजग रहनु होला पढाइमा अल्छीपनले सताउने छ ।

वृश्चिकः– परिस्थितिवस चिताएको काम रोकिन सक्छ आफ्नै लापरवाहीले अगाडी आएको काम बिग्रन सक्छन् हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइने छ स्वास्थ्य चिन्ताले सताउने छ अध्ययनमा पनि वाधा पर्ने छ साथै अरुका लागि समय खर्चनुपर्ला अनावश्यक यात्राको कष्टकर समय व्यतित गर्नु पर्ने छ । आजको दिन संयमका साथ हिडनु होला ।

धनुः– वातावरण उल्लासमय रहेपनि जीवनशैली भने व्यस्त रहनेछ । आफूलाई समस्या पर्दा साथ दिनेहरु थोरै हुनेछन् । कठिन परिस्थितिको सामना गर्नु परेपनि रमाइलो यात्रा गर्न भने अवसर पाइने छ । अतिथिका रुपमा मान सम्मान प्राप्त हुनेछ साथीभाइका कुराले फजुल खर्च हुन सक्छ यात्राका बिचमा महत्वपूर्ण भेटघाट हुन सक्नेछ ।

मकरः– आज पहिलेका समस्या दोहोरिनाले मनमा खिन्नता ल्याउने छ । आफ्नो गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुपर्ला । कामको झमेलाले आफूले सोचेजस्तो नहुन सक्छ । आशा देखाउनेहरुको भर पर्दा धोका पाइएला । खर्च बढनाले अर्थ अभाव हुने देखिन्छ आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन् समयमा सचेत रहनुहोला आजको दिन मध्यम रहेको छ ।

कुम्भः– आज चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा व्यवधान हुनेछ । अप्रिय समाचारले मन खिन्न रहनेछ आफ्ना कार्य योजनाहरु नमिल्दा काम अधुरै रहनेछन् । हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइनेछ आफ्ना कामवाट अरुले फाइदा उठाउन सक्छन् । स्वास्थ्यस्थिति विग्रनाले मनमा चिन्ता बढनेछ । विद्यार्थी वर्गलाई आज अध्ययनमा बाधा पुग्ने छ भने काम गर्दा होश पुर्याउनु होला ।

मीनः– आज ईष्र्या गर्नेहरुले सताउन सक्छन् आफ्ना महत्वकांक्षी योजनाहरु गोप्य राखेर अघि बढदा सफलता होला । साझेदारीमा मन मुटावको समस्या आउनेछ । समयमै सचेत रहनुहोला । आफ्नो स्वार्थका लागि नाता जोडनेहरुवाट टाढै रहन उपयुक्त होला आफ्नो विवेकको उपयोगले विभिन्न समस्याहरु समाधान हुनेछन् । बोलीमा संयमता राख्नुहोला खेलप्रेमीलाई आजको दिन उपयुक्त रहेको छ ।

–ज्यो.घटराज निरौला