मेरो सदस्यता अन्यायपूर्ण ढङ्गले रोकियो: भण्डारी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । पूर्व राष्ट्रपति विद्या भण्डारीले पुनः सार्वजनिक रूपमा पार्टी नेतृत्वले आफ्नो सदस्यता अन्यायपूर्ण ढङ्गले रोकेको दाबी गरेकीछन् ।
एमाले महाधिवेशन मिति नजिक आइरहदा पूर्व राष्ट्रपति भण्डारीले सामाजिक संजाल मार्फत आफ्नो पार्टी सदस्यको बिषयमा बोलेकी हुन् । उनले आफूले दुई वर्षअघि नै विधानअनुसार सदस्यता नवीकरण गरिसकेकी, तर नेतृत्वले त्यसलाई रोकिदियो उल्लेख गरेकी छन् ।
भौतिक रूपमा महाधिवेशनमा सहभागी नहुनुपर्ने परिस्थितिबाट दुखित भएको भन्दै उनले भावनात्मक दूरी चाहिँ कायम राख्न चाहेको उल्लेख गरेकी छन् ।
भण्डारीले महाधिवेशनलाई ऐतिहासिक अवसर भन्दै जसले नीतिगत र नेतृत्वगत अवस्थामा पार्टीलाई नयाँ दिशा दिनुपर्नेमा जोडदिएकी छन् ।
विशेष परिस्थितिका कारण महाधिवेशन एक वर्षअघि नै ल्याउनुपरेको उल्लेख गर्दै उनले प्रतिनिधि छनोटमा परिपक्व नेता, उर्जाशील र अनुशासित युवा र विविध क्षेत्रको सन्तुलित सहभागिता अनिवार्य हुनु पर्ने बताइन् ।













