नेपाली कम्युनिष्ट पार्टी र जसपा राजेन्द्र श्रेष्ठ समूह आज एकता गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ नेतृत्वको समूह आज औपचारिक रूपमा एकता हुने भएको छ ।
औपचारिक घोषणा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ। जसपा नेता दुर्गा सुवेदीले एकता घोषणाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। कार्यक्रममा दुवै पक्षका शीर्ष नेताहरू उपस्थित रहनेछन्। गत आइतबार जसपा राजेन्द्र श्रेष्ठ समूहले श्रेष्ठसहित ६ नेता नेकपामा प्रवेश गर्ने निर्णय गरेका थिए ।












