राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको मूल्याङ्कन गर्दै आगामी दिनका लागि रणनीति निर्माण गर्ने विषय मुख्य एजेन्डा रहनेछ।
त्यससँगै चाँडै बस्न लागेको केन्द्रीय समिति बैठकका विषयसूची तय गर्ने र पार्टीभित्र आन्तरिक एकता सुदृढ गर्दै सबै तहका अधिवेशन पूरा गर्ने योजना सम्बन्धमा विस्तृत छलफल हुने बताइएको छ ।












