ह्वाइट हाउस नजिकै दुई नेसनल गार्डमाथि गोली प्रहार, आक्रमणकारी नियन्त्रणमा

User Image Prime TV News ४ दिन अगाडि
Image of ह्वाइट हाउस नजिकै दुई नेसनल गार्डमाथि गोली प्रहार, आक्रमणकारी नियन्त्रणमा

काठमाडौ । अमेरिकाको राजधानी वासिङ्टन डी‌.सी.मा ह्वाइट हाउसबाट केही ब्लकको दूरीमै दुई जना नेसनल गार्डमाथि गोली प्रहार भएको छ।

घटनामा दुवै सैनिक गम्भीर घाइते भएका छन्।बीबीसीका अनुसार वेस्ट भर्जिनियाबाट खटिएका नेसनल गार्ड गस्तीमा रहेका बेला एक व्यक्तिले सडकको कुनाबाट आएर उनीहरूलाई लक्षित गरी गोली चलाएका थिए। गोली चलेको आवाज सुनिएका नजिकैका अन्य नेसनल गार्डका सदस्यले ती आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिएका थिए ।

घटनापछि सुरक्षाका कारण ह्वाइट हाउस वरपरको क्षेत्र केही समयका लागि लकडाउन गरिएको थियो । प्रहरीले आसपासका सडक बन्द गर्दै नागरिकलाई सुरक्षित स्थानतर्फ हटाएको थियो। घटना बेला फ्लोरिडामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारी २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकनवाल भएको बताए।

उनका अनुसार लाकनवाल सन् २०२१ सेप्टेम्बरमा अमेरिका प्रवेश गरेका थिए। ट्रम्पले यस घटनालाई दुष्ट र आतंककारी कदमको संज्ञा दिँदै जिम्मेवारहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।