नेपाली बजारमा सुनको मूल्य फेरि घट्यो, चाँदी भने महँगियो

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली बजारमा सुनको मूल्य फेरि घट्यो, चाँदी भने महँगियो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले सस्तो हुँदै २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार पनि सुनको मूल्य ९०० रुपैयाँले घटेर यिनै दरमा झरेको थियो।

लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्यमा सयौँ रुपैयाँको समायोजन भएको छ। सुन सस्तो हुँदा चाँदी भने आज महँगिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य ३ हजार २२० रुपैयाँ थियो।

एकै दिनमा चाँदी ६० रुपैयाँ बढेको हो। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार चढाव, अमेरिकी डलरको मूल्य, तथा आर्थिक अनिश्चितताका कारण सुन चाँदीका भाउमा भैरहेको चलायमानता नेपाली बजारमा पनि देखिएको छ।