बिहीबार बिहान काठमाडौंसहित केही क्षेत्रमा आंशिक बदली, वर्षाको संभावना न्यून

User Image Prime TV News एक महिना अगाडि
Image of बिहीबार बिहान काठमाडौंसहित केही क्षेत्रमा आंशिक बदली, वर्षाको संभावना न्यून

काठमाडौ । बिहीबार बिहान नेपालका केही भूभागमा आंशिक बदली छाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आकाश आंशिक रूपमा ढाकिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

पर्यावरण एवं मौसमविद्का अनुसार दक्षिण भारतको तटीय क्षेत्रमा सक्रिय ‘सेन्यार’ नामक चक्रवातका केही बाहिरी भाग उत्तरतिर हिमालय क्षेत्रसम्म फैलिन पुगेको छ । उच्च वायुमण्डलीय तहमा चिसिँदै फैलिँदा आज हल्का–फुल्का बादल देखिएको हो ।

इथियोपियामा भएको ज्वालामुखी विस्फोटसँग नेपालको आकाशमा देखिएको बादलको कुनै सम्बन्ध नरहेको पनि मौसमविद्ले स्पष्ट पारेका छन्। आगामी तीन दिन मौसम सामान्यतया खुला रहने र वर्षाको कुनै सम्भावना नरहेको पनि जनाइएको छ ।

आज मध्याह्नपछि मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ। काठमाडौंमा बिहीबार बिहान पौने ९ बजे न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको छ। बुधबार ६.१ डिग्री र मंगलबार ७ डिग्री मापन भएको थियो।