नेकपा एकीकृत समाजवादी र नेकपा संयुक्तबीच पार्टी एकता, नयाँ नाम र चुनाव चिह्न तय

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा एकीकृत समाजवादी र नेकपा संयुक्तबीच पार्टी एकता, नयाँ नाम र चुनाव चिह्न तय

काठमाडौ । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकताको सहमति भएको छ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई पार्टीका नेताहरूले एकता र आगामी योजनाबारे जानकारी दिएका छन्। एकता पश्चात बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राखिने सहमति भएको छ।

पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया प्रयोग गरिने निर्णय भएको छ। झण्डामा कम्युनिस्ट प्रतीक राखिने भए पनि बौद्धिक श्रमको प्रतिनिधित्व गर्ने संकेत थपिने सहमति भएको जानकारी दिइएको छ। दुवै पार्टीले केही दिनभित्रै एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र पार्टी सम्मेलन गर्ने योजना बनाएको छ।

यस सहमतिले दुवै पार्टीको संगठनात्मक एकिकृत गर्दै आगामी चुनाव र राजनीतिक गतिविधिमा साझा मंच तयार गर्ने बताएका छन् ।