प्रचण्डको दाबी: कम्युनिष्ट एकताप्रति देशभर जनताको आकर्षण बढिरहेको छ

User Image Prime TV News एक महिना अगाडि
Image of प्रचण्डको दाबी: कम्युनिष्ट एकताप्रति देशभर जनताको आकर्षण बढिरहेको छ

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभर कम्युनिष्ट एकताप्रति जनताको आकर्षण तीव्र रूपमा बढिरहेको दाबी गरेका छन्।

जसपा सहित चार घटकबीच हालसालै भएको एकता प्रक्रियाबारे जानकारी दिन आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले धादिङमा भएको जनसहभागिताले व्यापक राजनीतिक सन्देश दिएको बताए।

धादिङको नयाँ प्रशासकीय भवन उद्घाटन कार्यक्रममा आफू र नेता राजेन्द्र पाण्डेले गरेको सम्बोधनमा देखिएको जनउमंग ‘अभूतपूर्व’ रहेको उल्लेख गर्दै उनले भने, “धादिङको जनउपस्थिति हेर्ने हो भने त्यसले देशैभर शक्तिशाली सन्देश दिएको छ। यो कुनै लहड वा क्षणिक भावनामा गरिएको कदम होइन।”

देश चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रचण्डले हालको एकता अभियान चुनावी लाभभन्दा पनि राष्ट्रलाई सुरक्षित राख्न केन्द्रित भएको दाबी गरे। उनले, “यो एकता चुनाव जित्नकै लागि होइन, राष्ट्रको स्वाधीनता र जनसत्ताको रक्षा गर्न बलियो शक्ति निर्माण गर्ने उद्देश्यले अघि बढाइएको अभियान हो।”