वैचारिक र सैद्धान्तिक आधारमा भएको एकतालाई दिगो बनाउछौः माधवकुमार नेपाल
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीको एकता वैचारिक र सैद्धान्तिक आधारमा भएको भन्दै त्यसले एकतालाई दिगो बनाउने दावी गरेका छन् ।
बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले अब धेरै कुरा गर्नुको सट्टा काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । नेपालले सबै समिति र जनवर्गीय संगठनहरूमा समायोजन गर्नुपर्ने काम बाँकी रहेको उल्लेख गर्दै देशैभरि नेकपाप्रति आकर्षण बढेको बताए ।
उनले भने, “विचार, सिद्धान्त र नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा हाम्रो पार्टीको एकता बलियो भएको छ। अब कुरा धेरै होइन, काम गर्नुपर्छ।” पार्टीले बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै अब व्यावहारिक काम र संगठन सुदृढीकरणमा जोड दिने योजना बनाएको पनि उल्लेख गरे ।












