प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरू विच भेटवार्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरू विच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र एमालेका नेताहरु बिच भेटवार्ता भएको हो ।
बैठकमा प्रधानमन्त्री कार्कीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, महेश बर्तौला र प्रधानमन्त्रीका प्रेस संयोजक राम रावल सहभागी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण सुनिश्चित गर्न दलहरूसँग संवाद जारी राखेकी छन्। केही दिनअघि उनी नेपाली कांग्रेसका नेताहरूसँग पनि भेटवार्ता गरिसकेकी थिइन्। सरकारले यहि फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरे संगै निर्वाचन आयोगले निर्वाचनको तयारी गरि रहेको छ । निर्वाचन प्रयोजनको लागि प्रमुख दलहरुले दल दर्ता गरि सकेका छन् । दल दर्ताको चाप वढेपछि आयोगले म्याद थप गरेको छ ।













