तपाईको राशिफल कस्तो छ त ?
Prime TV News २ दिन अगाडि 
वन्दे वन्दनतुष्टमानसमतिप्रेमप्रियं प्रेमदं पूर्णं पूर्णकरं प्रपूर्णनिखिलैश्वर्यैकवासं शिवम् ।
सत्यं सत्यमयं त्रिसत्यविभवं सत्यप्रियं सत्यदं विष्णुब्रह्मनुतं स्वकीयकृपयोपात्ताकृतिं शंकरम् ।।
जसको मन केवल वन्दनाले मात्र प्रसन्न रहन्छ, जसलाई प्रेम अत्यन्त प्यारो छ, जो प्रेम प्रदान गर्नेवाला पूर्णानन्दमय, भक्तहरुको अभिलाषा पूर्ण गर्ने, सम्पूर्ण ऐश्वर्यको एकमात्र आवासस्थान र कल्याण स्वरुप हुनुहुन्छ, सत्य जसको श्रीविग्रह हो जो सत्यमय हो जसको ऐश्वर्य त्रिकालवादित छ जो सत्यप्रिय एवं सत्यप्रदाता हुनुहुन्छ ब्रह्मा र विष्णु जसको स्तुति गर्दछन् स्वेच्छा अनुसार शरीर धारण गर्नेवाला तिनै भगवानलाई प्रातकालमा हामी वन्दना गर्दछौ ।
आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष अष्टमी तिथि शतभिषा नक्षत्र मंसिर महिनाको १२ गते आज शुक्रवार तदनुसार २८ नोभेम्वर २०२५ भद्रा करण सौम्य योग, कुम्भ राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि १६ पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३६ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ६ मिनेट साझमा रहेको छ ।
आजको राशिफल:-
मेष: – प्रतिस्पर्धाले खर्च बढाउनेछ । आफ्नो मेहनतवाट अरुले फाइदा उठाउनेछन् । जिम्मेवारी वहन गरेपनि उपलब्धिका लागि प्रतिक्षा गर्नु पर्ने हुन्छ । मेहनतले परिस्थिति अनुकूल बनाउनेछ । आट गर्दा महत्वपूर्ण काम बन्न सक्छ । मध्यान्हपछि स्वास्थ्य कमजोर बन्न सक्छ । लगनशीलताले सफलता प्राप्त हुनका साथै दिगो फाइदा हुने कार्य प्रारम्भ हुने देखिन्छ । विभिन्न भौतिक साधनहरु प्राप्त हुने सम्भावना समेत रहेको छ ।
बृष:- अरुको बारेमा चासो र।ख्दा स्वयं समस्यामा परिएला अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । नवीन कार्यको सुरुवात हुन सक्नेछ । कार्य सम्पादन भएतापनि तत्काल आम्दानीको आशा नराख्नु उपयुक्त हुनेछ आफन्तजनको सुझावलाई वेवास्ता नगर्नुहोला समयको गतिलाई पछयाउने प्रयासगर्नुहोला बौद्धिकताको उपयोगद्धारा लक्ष्यमा पुग्न सकिएला । फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ ।
मिथुनः– शुभारम्भमा अवसर प्राप्त भएपनि तत्काल उपलब्धि नहुन सक्छ । अरुका जिम्मेवारी जस्ता कामहरु समेत गर्नु पर्ला तापनि लगनशीलताले फाइदा दिलाउने छ । मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ व्यवसायमा राम्रो लाभ हुने दुेखिन्छ । वेहोसीले केही लाभांश वाहिरिने सम्भावना देखेपनि वैदेशिक यात्राको प्रक्रिया अघि बढने छ भन पछिका लागि गरिएको लगानीले फाइदा दिने छ साथै पारिवारीक जमघटले मन प्रफूल्लित हुने छ ।
कर्कट:- सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ जिम्मेवारी प्राप्त भएपनि फाइदा लिन केहि संघर्षृ समेत गर्नुपर्ला बेलामा होस नपुर्याउदा अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । लगनशीलताले प्रतिष्ठित कार्य गर्ने मौका पाइने छ रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला ।
सिंहः– विभिन्न अवसर प्राप्त भएपनि आफ्नो मिहिनेतवाट अरुले फाइदा उठाउने चेष्टा गर्लान् । पहिले गरिएका कार्यहरु नमिल्नाले समस्या आउन सक्छ ठूलो भागको मोहमा आफ्नो वस्तु समेत गुम्न सक्ने देखिन्छ संघर्षमा उत्रनु परेपनि काम बन्नेछन् आफ्नो जिवनशैलीमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । उठनुपर्ने रकम आउनेछन् तर केही चिजहरु त्याग्नु पर्ने देखिन्छ अरुका लागि समय खर्चनुपर्ला मध्यान्ह पछि भने एउटै कामवाट दोहोरो फाइदा हुने देखिन्छ ।
कन्या:- हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएकोृ कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।
तुलाः– परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिने छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न समय पर्खनु पर्ला उपलब्धि विहीन काममा समय बित्ने छ । आश्वासन दिनेहरुले झुक्याउनेछन् । आफ्नो श्रमवाट अरुले फाइदा उठाउलान् । धन अभाव देखिएपनि तत्कालको समस्या टर्ने छ । परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याए पनि अपरान्हपछि फाइदा हुने छ । प्रतिफल अनिश्चित रहेपनि काममा निरन्तरता दिदा लाभ मिल्नेछ ।
बृश्चिक:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनृेछन् । आटेका काममा सफलता मिल्ने छ ।
धनु:– प्रारम्भमा मन मिल्ने साथी भेटनुका साथै प्रेमको बन्धन कसिने सम्भावना देखिन्छ । मध्यान्हपछि परिस्थिति वस समस्यामा परिएला विरोधीहरु बढनाले चुनौतिहरु देखा पर्न सक्छन् । नजिकका साथी भाई टाढिनाले पनि समस्या बढन सक्छ । स्वास्थ्यमा कमजोरी देखा पर्ने छ । अर्थ अभावले आटेको काम स्थगित हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन् । तापनि अपरान्हदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । मिहिनेत गर्दा पद प्रतिष्ठा प्राप्त हुन सक्छ ।
मकर:– भौतिक साधनमा लगानी गरेपनि मिहिनेत गर्दा दिगो फाइदा जुटनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । संघर्ष पश्चात अधिकार र प्रतिष्ठा जोगाउन सफलं भइनेछ । मध्यान्ह पश्चात कामको चापवाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसरका साथै अतिथिका रुपमा सम्मान समेत पाइनेछ तर अरुका विषयमा लिने बानीले समस्या निम्त्याउला आफ्ना सूचना बाहिरिनाले दुःख पाइनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला झुठा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिन सक्छ ।
कुम्भ:- आफ्नावाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढनेछ समयमा होश नपुग्नाले व्यवहारमा पछि परिएला आफ्नो वानीले गर्दा कार्य विग्रन सक्छन् । आकस्मिक खर्च बढनाले अर्थ अभाव देखा पर्न सक्छ । थोरै लगानीवाट धेरै मुनाफा उठाउन सकिने छ विभिन्न भौतिक साधन जुटने छन भने मध्यान्ह पछि दिगो फाइदा हुने प्रारम्भ हुने समय छ ।
मीन:– कृषि तथा पशुपालनमा फाइदा हुनेछ पुराना सम्झौता तोडनुपर्ने आवश्यकता पर्न सक्छ दिगो योजनाका साथ अघि बढदा विस्तारै लाभ मिल्नेछ । अरुको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि पशु धन र अचल सम्पतिको उपयोग हुन सक्छ । मध्यान्हदेखि केही बाधा आउला तापनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुटदा दिगो फाइदा हुनेछ ।
-ज्यो.घटराज निरौला













