कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।
शुक्रबार बस्ने भनिएको बैठक अब आइतबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी परिमार्जन गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरू उपस्थित हुने बताइएको छ। नेपाली कांग्रेस पार्टीमा निर्वाचन अघि महाधिवेशन कि पछि भन्ने विवादले केन्द्रीय कार्यसमिति बैठक स्थगित हुदै आएको हो ।
महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा लगाएत निर्वाचन अघि महाधिवेशन हुनुपर्ने पक्षमा छन् । जस अनुसार करिव ५४ प्रतिशतको हस्ताक्षर समेत पार्टी कार्यालयमा दर्ता गरेका छन् ।
तर पार्टी शभापति शेरबहादुर पक्षधरका केही नेता भने निर्वाचन अघि महाधिवेशन भए पार्टीलाइ गम्भिर असर पर्ने भन्दै निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
दुबै पक्षको अडानले गर्दा कांग्रेस बैठक प्रभावित बनेको हो । सहमतीको लागि भन्दै पटक पटक वार्ता र छलफल भएपनि कुनै सहमती जुट्न सकेको छैन ।













