देशभर ठूलो मौसम प्रणाली नचल्दा मौसम सफा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा मात्रै आंशिक बदली छ, तर बाँकी भूभागमा आकाश खुलेको छ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशतर्फ केही बादल लाग्ने अनुमान गरिएको छ। तर अन्य प्रदेशमा मौसम सफैँ रहने भएकाले जनजीवनमा कुनै प्रकारको समस्या नपर्ने महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार राति पनि यही अवस्थाको निरन्तरता रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भए पनि देशका अन्य भागमा मौसम सफा नै रहनेछ।
हाल सम्पूर्ण देशमा सक्रिय मौसम प्रणाली नहुँदा वर्षा, हावा वा कुनै जोखिमजनक अवस्था नआस्ने प्रष्ट गरिएको छ।













