नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा धनगढीबाट सुरु

User Image Prime TV News ३ दिन अगाडि
Image of नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा धनगढीबाट सुरु

काठमाडौ । विभिन्न वाम घटकको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो पहिलो औपचारिक सन्देश सभा आज धनगढीमा गर्ने भएको छ।

नयाँ संरचना सार्वजनिक भएपछि प्रदेशस्तरीय सभा श्रृंखला यहीबाट प्रारम्भ गरिने सो पार्टीले जनाएको छ। धनगढीमा हुने कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत शीर्ष नेतृत्व सहभागी हुनेछन्।

उनीहरूले एकीकृत पार्टीको दिशा–दृष्टि, आगामी राजनीतिक कार्यक्रम र संगठन विस्तारबारे आमसभा मार्फत जानकारी दिने अपेक्षा बताइएको छ । पार्टीले सातै प्रदेशमा सन्देश सभा गर्ने घोषणा गरिसकेको छ। सुदूरपश्चिमबाट सुरु भएको कार्यक्रम क्रमशः अन्य प्रदेशमा निरन्तर हुनेछ।

लुम्बिनी प्रदेशको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोसी प्रदेशको विराटनगरमा मंसिर १५ गते सभा तोकिएको छ। यस्तै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेस प्रदेशको जनकपुरमा मंसिर २० गते र बागमती प्रदेशको हेटौंडामा मंसिर २३ गते सन्देश सभा आयोजना हुनेछ।