प्रधानसेनापति सिग्देल र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकारबारे छलफल
Prime TV News एक बर्ष अगाडि 
काठमाडौ । प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शुक्रबार शीतल निवास पुगेका छन्। स्रोतका अनुसार, उनीहरूबीच अन्तरिम सरकार गठन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
यसअघि, राष्ट्रपति पौडेलले संविधानको दायराभित्र रही जेनजीको माग सम्बोधन गर्ने स्पष्ट संकेत दिएका थिए। बिहीबार उनले यसबारे वक्तव्य जारी गर्दै संविधान तथा कानुनविद्हरू र प्रधानसेनापतिसँग समेत परामर्श गरेका थिए।
जारी राजनीतिक परिस्थितिमा राष्ट्रपतिको सक्रियता बढ्दै गएको छ। अन्तरिम सरकार गठनको चर्चा चलिरहेका बेला राष्ट्रपतिको यस्तो छलफललाई महत्वपूर्ण मानिएको छ।







