कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने

काठमाडौ । उज्यालो नेपाल पार्टीले आगामी मंसिर १७ गते प्रज्ञा भवनमा घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीका नेता महेन्द्र लावतीले सभाको जानकारी दिँदै, प्रमुख अतिथि उर्जा मन्त्री कुलमान घिसिङ हुने बताएका छन्।

लावतीका अनुसार, सभामा पार्टीको दीर्घकालीन दृष्टि, मूल उदेश्य र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिनेछ। उनले थपे, “चरणबद्ध कार्यक्रम अनुसार सभाका विभिन्न गतिविधिहरू अघि बढ्नेछन् र एकता तथा सहकार्यका लागि अन्य शक्ति र संगठनहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।”

उज्यालो नेपाल पार्टीले हालसम्म हाम्रो पार्टी नेपालसँग सहकार्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेको छ। लावतीले भने, अन्य शक्ति र संगठनहरूसँग पनि सहकार्य र एकताको विषयमा छलफल भइरहेको छ।

पार्टीले घोषणा सभालाई आगामी राजनीतिक दृष्टि र रणनीतिसँग जोडेर एउटा महत्वपूर्ण मञ्चको रूपमा तयार पारिरहेको बताइएको छ।