तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष लालले दलहरूबीच एकता र सहकार्यको अपिल गरे

User Image Prime TV News २ दिन अगाडि
Image of तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष लालले दलहरूबीच एकता र सहकार्यको अपिल गरे

काठमाडौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेस, थरुहट र आदिवासी जनजातिसहितका सङ्घीयता पक्षधर शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै दलहरूलाई सार्थक संवादका लागि अपिल गरेका छन्।

अध्यक्ष लालले आज एक विज्ञप्ती जारी गर्दै उनले एकता र सहकार्यकालागि परिवर्तन पक्षधर शक्तिहरुलाई एक हुन अपिल गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, “मधेस, थरुहट तथा आदिवासी जनजातिको पहिचान, सम्मान र समान नागरिक अधिकारको व्यवहारिक अभ्यासका लागि सङ्घर्षरत शक्तिहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेका छन्। हामी हाम्रो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्ध भएर एकताका लागि अघि सर्न सबैलाई आग्रह गर्दछौं।”

लालले आफ्नो पार्टी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर पुनर्गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) हो भन्ने पनि स्मरण गराएका छन्। केही दिनअघि, लोसपा नेपालका अध्यक्ष ठाकुरले पनि पार्टी छाडेका वा अलग भएका सदस्यहरूलाई फर्किन आह्वान गरेका थिए।

अध्यक्ष लालले भने, आफ्नो पार्टी विचार र एजेन्डा मिल्ने हरेक पार्टीसँग संवाद गर्न तयार रहेको छ। उनले मोर्चामा रहेका दलहरूले सम्भव भएसम्म पार्टी एकता गर्नुपर्ने, नभए एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका छन्।