कांग्रेस विवाद मिलाउन देउवा सक्रिय , कार्यवाहक सभापतिसँग बैठक

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस विवाद मिलाउन देउवा सक्रिय , कार्यवाहक सभापतिसँग बैठक

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद मिलाउन सक्रिय प्रयास सुरु गरेका छन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिइरहेका देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आग्रहपछि सक्रिय भएका हुन्।

संस्थापन पक्षका केही नेताले कार्यवाहक फिर्ता लिएर केन्द्रीय समिति बैठक सञ्चालन गर्न आग्रह गरेका थिए, तर देउवाले यो अनुरोध स्वीकार गरेका छैनन्। यसअघि व्यक्तिगत भेटघाटमार्फत छलफल गरिसकेका उनले महामन्त्रीसँग वार्ता गर्न नेता रमेश लेखकलाई जिम्मेवारी दिएका थिए।

लेखकले पुस मसान्तभित्रको कार्यतालिका तयार पारेर विशेष महाधिवेशन पक्षधरलाई फर्काउन सकिने प्रस्ताव बिहीबार ‘ब्रिफिङ’मा प्रस्तुत गरेका थिए। त्यसपछि देउवाले महामन्त्रीद्वयलाई पनि बैठकमा बोलाएर छलफल गरेका थिए। बैठकमा महामन्त्रीद्वयले विशेष महाधिवेशन रोक्न सकिने अवस्था नरहेको बताएका थिए।

शुक्रबार देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा–शर्मा र संस्थापन पक्षका सात भाइलाई बैठकमा बोलाएर छलफल गरेका छन् । उनीहरूसँग लेखकसहित केही केन्द्रीय सदस्य पनि महाराजगन्जस्थित देउवा निवासमा उपस्थित छन्।