पूर्व एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेश कार्यक्रम आज रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ । पोखरेल आइजीपीका निर्विकल्प दाबेदार थिए । तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनी रोक्दै १७ महिना जुनियर अधिकारी धिरज प्रताप सिंहलाई आइजीपी नियुक्त गरेको थियो।
पोखरेलले यस निर्णयमा अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका थिए । तर अदालतले उनको पक्षमा आदेश नदिएको कारण उनले राजीनामा दिएका थिए। उनले आइजीपी बन्ने क्रममा केही व्यक्तिहरूसँग रकमको बार्गेनिङ भएको समेत उल्लेख गरेका छन्।
साथै, उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नाता जोडिएको कारण पनि तत्कालीन सरकारले पूर्वाग्रह देखाएको आरोप पोखरेलले लगाएका थिए। रास्वपा प्रवेशपछि विश्वराज पोखरेल आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान गरिएको छ।












