कुलमान घिसिङ संरक्षक रहेको पार्टीले माग्यो उम्मेदवारको लागि आवेदन

User Image Prime TV News २ दिन अगाडि
Image of कुलमान घिसिङ संरक्षक रहेको पार्टीले माग्यो उम्मेदवारको लागि आवेदन

काठमाडौ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको खुला आवेदन आह्वान गरेको छ।

पार्टीले उम्मेदवारी दिन इच्छुक योग्य, सक्षम र स्वच्छ छवि भएका व्यक्तिहरूलाई आवेदन दिन २०८२ साल मंसिर २९ गतेसम्म समयसीमा दिएको छ। आवेदन दिने क्रममा उम्मेदवारले आफू उठ्न चाहेको निर्वाचन क्षेत्र पनि उल्लेख गर्नुपर्नेछ।

पार्टीका प्रवक्ता डा. राजु थापाले बताए अनुसार, उम्मेदवारले देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने छ । उम्मेद्वारले पेश गरेको प्रस्तावको आधारमा पनि उसलाई प्राथमिकता दिइने बताइएको छ ।