हेलिकप्टर चढेर भाग्ने ओलीले जनता धम्क्याउन पाइँदैनःभीम रावल

User Image Prime TV News एक महिना अगाडि
Image of हेलिकप्टर चढेर भाग्ने ओलीले जनता धम्क्याउन पाइँदैनःभीम रावल

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तीव्र आक्रमणका साथ कटाक्ष गरेका छन्।

सुदूरपश्चिमस्तरीय पार्टी सभालाई धनगढीमा सम्बोधन गर्दै उनले ओलीको नेतृत्व शैलीदेखि निर्वाचनमा अपनाइने भाषासम्म सबै विषयमा प्रश्न उठाए। रावलले आगामी निर्वाचनमा जनता धम्क्याउने र वातावरण बिगार्ने प्रवृत्तिबाट सावधानी अपनाउन आग्रह गर्दै भने,“जनतालाई डर त्रास देखाएर मत माग्नेहरूबाट सचेत हुनुपर्छ।

लोकतन्त्र धम्क्याएर चल्दैन।” सम्बोधनमा रावलले जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सुरक्षा निर्णयसमेत लिन नसकिएको आरोप दोहोर्‍याए। उनले भने, “सुरक्षा परिषद्को बैठक बोलाउन नसकेर बालुवाटारबाट हेलिकप्टर चढेर भाग्ने ओलीले अहिले भक्तपुरमा बसेर जनता थर्काउन खोजिरहेका छन्।”

त्यस्तो नेतृत्वले जनतालाई धम्क्याउने अधिकार राख्दैन र जनता पनि सजग हुनुपर्ने उल्लेख गरे । रावलले आफ्नो पार्टी पूर्ण रूपमा निर्वाचनको लागि तयार रहेको दाबी गर्दै निष्पक्ष, शान्त र भयरहित मतदानका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए।

उनले भने,“बाहिर रहेका गोलीगठ्ठा नियन्त्रणमा लिनुपर्छ। चुनाव जनताको अधिकार हो, डरका बीचमा होइन, स्वतन्त्र वातावरणमा हुनुपर्छ।” साथै उनले पार्टीले जेनजी तथा युवा आन्दोलनले उठाएका मुद्दाहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।