कांग्रेसको संस्थापन समूहमा आबद्ध युवा विद्यार्थीहरु भन्छन्ः नियमित महाधिवेशनको बिकल्प छैन

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसको संस्थापन समूहमा आबद्ध युवा विद्यार्थीहरु भन्छन्ः नियमित महाधिवेशनको बिकल्प छैन

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन समूहमा आबद्ध युवा विद्यार्थीहरुले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नियमित महाधिवेशनको बिकल्प नभएको जनाएका छन् ।

नियमित महाधिवेशनका लागि दवाव दिन शुक्रबार काठमाडौंमा युवा विद्यार्थी भेला आयोजना गर्दै उनीहरुले विशेष महाधिवेशनको खेलले पार्टीलाई झन समस्यामा लैजाने भन्दै नियमित अधिवेशनबाट मात्रै पार्टीको अस्तित्व सुरक्षित हुने जनाएका छन् ।

उनीहरुले अहिले विशेष महाधिवेशनमा नाममा पार्टीभित्र स्वार्थप्रेरित कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने धारणा समेत राखेका छन् । युवा विद्यार्थीहरुले अहिले निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

भेलामा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेविसंघ लगाएतका भातृसंस्थाहरुको अवस्था कमजोर हुदै गएको आरोप लगाए । पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सवै गम्भीर हुनुपर्ने उनीहरुको जोडछ ।

नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विवाद भइरहदा पछिल्लो समय बिभिन्न पक्षको भेला भइरहेको छ । महाधिवेशनको बिषय टुङ्गोमा पुग्न नसकेपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गते आइतबारसम्ममा लागि स्थगित गरिएको छ ।