नख्खु कारागार प्रशासनको अपिलः फरार कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न आग्रह

User Image Prime TV News एक बर्ष अगाडि
Image of नख्खु कारागार प्रशासनको अपिलः फरार कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न आग्रह

काठमाडौँ । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका कैदीबन्दीहरूलाई तुरुन्तै आत्मसमर्पण गर्न आग्रह गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी गर्दै तोकिएको समयमा कारागारमा नफर्किए कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको हो।

गत भदौ २४ गते नख्खु जेलबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित करिब १४ सय कैदीबन्दी बाहिरिएका थिए। तीमध्ये केहीलाई प्रहरीले काभ्रेको मंगलटार क्षेत्रबाट पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पूर्वराज्यमन्त्री सञ्जय टकला पनि छन्।

प्रशासनले सबै फरार कैदीबन्दीलाई सकेसम्म चाँडो नजिकको सुरक्षाप्रहरी वा कारागार प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरेको छ।