पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाडौ । नेपाल प्रहरीका पूर्व सहायक महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेलले औपचारिक रूपमा रास्वपा सदस्यता ग्रहण गरे। रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले उनलाई पार्टीमा स्वागत गर्दै राजनीतिक यात्रा र अनुभवलाई पार्टीको सुदृढीकरणमा प्रयोग गर्न प्रेरित गरे।

पोखरेलले २०७७ मंसिर २५ गते एआइजीको जिम्मेवारी सम्हालेका थिए र २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए। उनको प्रवेशसँगै पार्टीभित्र सुरक्षा तथा प्रशासनिक अनुभव भएका नेताको संलग्नता थपिएको रास्वपाका नेताहरुले बताएका छन् ।