पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करण शनिबार दुइ खेल हुदैछ । पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुँदैछ।
पोखराले तीन खेलमा एउटा मात्रै जितेको छ । लुम्बिनीले चार खेलमा एउटै जित बटुलेको छ । तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन्। पोखराको जिम्मा कुशल भुर्तेलले सम्हाल्दैछन् भने संकटग्रस्त लुम्बिनीलाई राष्ट्रिय कप्तान रोहितकुमार पौडेलले बाँचाउने प्रयास गरिरहेका छन्। दोस्रो खेल साँझ ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच हुनेछ। सुदूरपश्चिम अहिले चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा छ। यसको अगाडि जनकपुरको हालत अत्यन्तै खराब छ । तीनै खेल हारेर शून्य अंकमा तालिकाको पुछारमा धसिएको छ। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन् । जनकपुरको पतन रोक्ने जिम्मा अनिल साहका काँधमा छ । अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्षमा छ। विराटनगरले पनि पाँच खेलमा ८ अंक ल्याएको छ तर रनरेट कमजोर भएकाले दोस्रो स्थानमा छ। काठमाण्डु ६ अंकसहित तेस्रोमा, चितवन ४ अंकमा छ। कर्णाली, पोखरा र लुम्बिनी २–२ अंकमा छन्। जनकपुर अझै अंकविहीन पुछारमै छ ।













