केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

User Image Prime TV News एक दिन अगाडि
Image of केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

काठमाडौ । नेपाली कांग्रेसभित्रको आन्तरिक संकटका कारण आइतबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । नेताहरूबीच महाधिवेशनको मोडेलमा सहमति नजुटेपछि बैठक स्थगित भयो।

नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने मूल विवादले बैठक बस्नै नसक्ने स्थिति बनेको छ । नेतृत्व र गुटगत शक्ति केन्द्रहरूबीचको खिचातानी यस्तो स्तरमा पुगेको छ कि पार्टीका सर्वसाधारण सदस्यदेखि समर्थकसम्म निराश बन्न अबस्था आएको कांग्रेस  नेता तथा कार्यकर्ताहरुको बुझाइ छ । 

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमबार दिउँसो २ बजे बस्ने जानकारी दिए। आगामी बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूको उपस्थिति अनिवार्य हुने बताइएको छ ।