राजा सहित सर्वपक्षीय सम्मेलन गर्न राप्रपाको माग

User Image Prime TV News ३ महिना अगाडि
Image of राजा सहित सर्वपक्षीय सम्मेलन गर्न राप्रपाको माग

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको वर्तमान राजनीतिक अनिश्चितताबाट स्थायी निकास खोज्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नयाँ प्रस्ताव राखेको छ।

शनिबार प्रधानमन्त्री कार्की संगको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिलाई एउटै टेबुलमा बसालेर सर्वपक्षीय सम्मेलन गर्न सरकारलाई औपचारिक अनुरोध गरे।

लिङ्देनले प्रधानमन्त्रीलाई बुझाएको पाँच बुँदे ज्ञापनपत्रमा राज्यले फेल गरिरहेका संवेदनशील विषयहरू कठोर भाषामा उठाइएको छ।

राप्रपाले अहिले राष्ट्रिय समझदारी नभए आगामी वर्षहरू फेरि आन्दोलन, अस्थिरता र राजनीतिक विघटनले भरिनेछन्, जुन मुलुकका लागि अत्यन्तै हानिकारक हुने तर्क अघि सारेको छ ।