देशका अधिकांश भूभागमा मौसम स्थिर, उच्च हिमाली क्षेत्रमा मात्र आंशिक बदली

User Image Prime TV News एक महिना अगाडि
Image of देशका अधिकांश भूभागमा मौसम स्थिर, उच्च हिमाली क्षेत्रमा मात्र आंशिक बदली

काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको स्पष्ट पारेको छ।

विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम स्थिर रहेको छ भने केही उच्च पहाडी र हिमाली क्षेत्रमा मात्र आंशिक बदली देखिएको छ।

महाशाखाले दिएको विवरणअनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भेगमा हल्का बदली छ। तर बाँकी भूभाग तराई, भित्री मधेश, पहाडी क्षेत्र मुख्यतः सफा अवस्थामै रहेको छ।

दिउँसो र राति देशभर आंशिक बदली रहने सम्भावना विभागले जनाएको छ। यद्यपि वर्षा वा अन्य तीव्र मौसमजन्य गतिविधि देखिने कुनै संकेत हालसम्म देखिएको छैन ।