नेकपाको आज पोखरामा एकता सभा, शीर्ष नेताहरूको उपस्थिति हुने

User Image Prime TV News ३ महिना अगाडि
Image of नेकपाको आज पोखरामा एकता सभा, शीर्ष नेताहरूको उपस्थिति हुने

काठमाडौ ।नेपाली कम्युनिस्ट पार्टीले एकता अभियानलाई तीव्र बनाउँदै आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ।

सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरू उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।

नेकपाले पुनःएकीकृत संरचनालाई देशभर सार्वजनिक गर्ने उद्देश्यका साथ प्रदेश–प्रदेशमा सभा गरिरहेको छ। यही अभियानअनुसार आगामी सोमबार कोशी प्रदेशको विराटनगरमा अर्को कार्यक्रम हुनेछ।

त्यसपछि मङ्सिर १८ गते कर्णाली प्रदेशको सुर्खेत, मङ्सिर २० गते मधेस प्रदेशको जनकपुर, र मङ्सिर २३ गते बागमती प्रदेशको हेटौँडामा सभा आयोजना गर्ने तालिका सार्वजनिक गरिएको छ।

एकता अभियानलाई स्थानीय तहसम्म पुर्‍याउने योजनाअनुरूप अन्तिम चरणमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकैदिन एकता सन्देश सभा हुने नेकपाले जनाएको छ।

यसअघि नेकपाले शुक्रबार धनगढी र शनिबार दाङ देउखुरीमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।