प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको समय आज सकिदै, १०८ दल दर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको समय आज सकिदै, १०८ दल दर्ता

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताको थपिएको समय आज सकिदैछ ।

निर्वाचन आयोगले तय गरेको मंसिर १–१० को दर्ता अवधि पर्याप्त नभएको भन्दै दलहरूको आग्रहअनुसार ४ दिन समय थपिएको थियो। आयोगका अनुसार गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्।

आज बेलुकासम्म दर्ता खुला रहने भएकाले दलहरूको संख्या अझै बढ्न सक्ने अनुमान छ। दर्ता भएका  दलले मात्र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउनेछन्। २०७९ सालको चुनावमा ८४ दलले प्रतिस्पर्धा गरेका थिए। यसपटक भने दर्ता गराउने दलको संख्या १०८ पुगेको छ, जुन राजनीतिक रूपमा दलहरूको सक्रियता र विभाजन बढेको छ।

जेनजी आन्दोलनपछिका नयाँ राजनीतिक समूहहरू तीव्र रूपमा सक्रिय हुँदै आएका छन्। आयोगले हालसम्म २३ नयाँ दललाई आधिकारिकता दिएको छ। जसमा यस्तै १६ दल अझै दर्ता प्रक्रियामा रहेका छन् ।