चाँदी र सुन दुवैको मूल्यमा उल्लेख्य वृद्धि, सुन पनि १६०० रुपैयाँले महँगियो
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । आइतबार नेपालका बहुमूल्य धातु बजारमा चाँदी र सुन दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। करिब साढे एक महिनाअघिको रेकर्ड तोड्दै चाँदीले नयाँ उच्च मूल्य कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३४९० रुपैयाँ पुगेको छ । जनु अघिल्लो दिनको ३३४५ रुपैयाँ भन्दा १४५ रुपैयाँ बढी हो। यसअघि चाँदीको उच्चतम मूल्य असोज ३१ गते ३३५० रुपैयाँमा पुगेको थियो।
आइतबार सुनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १६०० रुपैयाँले महँगिएको हो। महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिन यसको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ थियो। सुनचाँदी दुवैको मूल्यमा एकैदिन आएको महत्वपूर्ण वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागको प्रभावका कारण भएको व्यवसायीहरू बताउँछन्।













