नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ उठाउने

User Image Prime TV News ३ महिना अगाडि
Image of नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ उठाउने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत आज ४० अर्ब रूपैयाँ उठाउने भएको छ। बैंकिङ प्रणालीमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले यो कदम चाल्ने निर्णय गरेको हो। बैंकले ३५ दिनको अवधिका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म रकम प्रस्ताव गर्न सक्नेछन्। सावाँ र ब्याज भुक्तानी आगामी पुस १० गते तय गरिएको छ।

राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने जनाएको छ। आवश्यक परे बहु ब्याजदर प्रस्ताव (बहुबोलकबोल) पनि स्वीकार गरिनेछ। यस बोलकबोलमा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हुनुपर्छ।

राष्ट्र बैंकको यो कदमले बजारमा अत्याधिक तरलता नियन्त्रण गर्दै मुद्रा स्थिरता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।