प्रदर्शनमा घटेका घटनाका तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रदर्शनमा घटेका घटनाका तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले हालै जेनजी पुस्ताका युवाहरूले गरेका प्रदर्शनहरूमा घटेका अप्रिय घटनासम्बन्धी तस्बिर, भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्रीका लिङ्कहरु पठाउन नागरिकहरूलाई आग्रह गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता सामग्रीहरू भएमा पठाइदिन अनुरोध गरेको हो। साथै, प्रहरीको भनाइ छ कि जानकारी दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिनेछ।

गत सोमबार र मंगलबार देशभर जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक संजालमाथिको सम्भावित प्रतिबन्ध, बेरोजगारी, शिक्षा तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमा विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा केही स्थानहरूमा झडप, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुगेका घटनाहरू पनि भएका थिए। यसै सन्दर्भमा, प्रहरीले प्रमाण संकलन गर्न आम नागरिकको सहयोग मागेको हो।

प्रदर्शनपछि केही समूहहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका थिए भने सरकारले आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने मागसमेत उठेको थियो।

नेपाल प्रहरीले गरेको अपिलः