आना शर्माको ‘रमिताको पिरती’ टिजर सार्वजनिक, माघ २३ बाट प्रदर्शन
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । अभिनेत्री आना शर्माको नयाँ सिनेमा ‘रमिताको पिरती’को टिजर शनिबार युट्युबमार्फत सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा आना शर्मालाई प्रेम, रोमान्स, खुसी, दुख र वेदना देखाउने विभिन्न भावनात्मक दृश्यमा देखाइएको छ। यसमा धिरज मगर, समीर श्रेष्ठ र बिनय श्रेष्ठ पनि देखिएका छन्। यस सिनेमा मार्फत समीर श्रेष्ठले नेपाली सिने क्षेत्रमा डेब्यु गर्दैछन्।
टिजरले सिनेमाको कथाले एउटी युवतीको मनोविज्ञान र भावनात्मक यात्रा प्रस्तुत गर्ने संकेत दिएको छ। सिनेमालाई सेरो फिल्म्सले प्रस्तुत गरेको हो। यसका लेखक एवं निर्देशक सुदिप्ता हुन् भने निर्माता सागर लम्साल हुन्। ‘रमिताको पिरती’ माघ २३ देखि देशभर प्रदर्शनमा आउने छ।













