सिनेमा ‘मिरमिरे’का अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । माघ १ गतेदेखि प्रदर्शनमा आउँने तयारीमा रहेको नेपाली सिनेमा ‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। निर्माण पक्षका अनुसार, मिडल इस्टसहित केही देशका अधिकार पहिले नै बिक्री भइसकेको छ।
सिनेमाका निर्देशक यम शेर्पाले जानकारी दिए अनुसार सिनेमाको यूएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टलाई बिक्री गरिएको छ। ‘मिरमिरे’ यार्सा फिल्म्सको प्रस्तुति हो। यसमा प्रमुख भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन्।
विशेषगरी, यस सिनेमामा दयाहाङ र प्रकाशले पहिलोपटक सहकार्य गर्दैछन्। निर्माण पक्षले आगामी प्रदर्शन र बिदेशी बजार विस्तारका लागि थप योजनाहरू तयार गरिरहेको छ।













