बझाङको सैपाल आसपास ४.४ रेक्टर स्केलको भूकम्प, बाजुरामा पनि धक्का

User Image Prime TV News ३ महिना अगाडि
Image of बझाङको सैपाल आसपास ४.४ रेक्टर स्केलको भूकम्प, बाजुरामा पनि धक्का

काठमाडौ । आज दिउँसो १२ बजेर ९ मिनेटमा बझाङको सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार सैपाल हिमालको भूकम्पले बाजुरा र आसपासका क्षेत्रमा पनि धक्का पुर्‍याएको छ। पश्चिमी क्षेत्रमा भूकम्प महसुस भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

सुदूरपश्चिम प्रदेशका भूकम्पीय जोखिममा रहेका जिल्लामा प्रशासनले सतर्कता अपनाउन चेतावनी जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले प्राकृतिक विपद्‌बाट जोगिन नागरिकलाई सजग र सतर्क रहन सुझाव दिएको छ।