बझाङको सैपाल आसपास ४.४ रेक्टर स्केलको भूकम्प, बाजुरामा पनि धक्का

User Image Prime TV News एक महिना अगाडि
Image of बझाङको सैपाल आसपास ४.४ रेक्टर स्केलको भूकम्प, बाजुरामा पनि धक्का

काठमाडौ । आज दिउँसो १२ बजेर ९ मिनेटमा बझाङको सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार सैपाल हिमालको भूकम्पले बाजुरा र आसपासका क्षेत्रमा पनि धक्का पुर्‍याएको छ। पश्चिमी क्षेत्रमा भूकम्प महसुस भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

सुदूरपश्चिम प्रदेशका भूकम्पीय जोखिममा रहेका जिल्लामा प्रशासनले सतर्कता अपनाउन चेतावनी जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बाजुराले प्राकृतिक विपद्‌बाट जोगिन नागरिकलाई सजग र सतर्क रहन सुझाव दिएको छ।