घनश्याम भुसाल नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्षमा नियुक्त
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्षमा नेता घनश्याम भुसाल नियुक्त भएका छन्।
आइतबार बसेको एकता बैठकले उनलाई जिम्मेवारी सुम्पेको सो पार्टीले जनाएको छ । भुसालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच बिहीबार पार्टी एकता घोषणा भएको थियो। एकता घोषणापछि बसेको बैठकले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।
एकताअघि नेकपा (संयुक्त) को नेतृत्व चन्द्रदेव जोशीले गर्दै आएका थिए। पार्टीले भ्रष्टाचारमुक्त देश र समाजको परिकल्पना अघि सारेको छ र यस अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।












