नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो र नारा सार्वजनिक
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरे । लोगोमा धरहरा, राष्ट्रिय झण्डा र सूर्यभित्र हँसिया हथौडा समेटिएको छ।
पार्टी सचिव पद्यमा अर्यालका अनुसार लोगोमा पार्टीको इतिहास, नेतृत्व र सङ्कल्पसहित परिवर्तनप्रतिको उत्साह झल्किएको छ। महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय गन्तव्य’ पनि सार्वजनिक गरिएको छ।
एमालेले महाधिवेशन तयारीलाई तीव्र बनाउँदै प्रचार विभागमार्फत सूर्य खबर प्रकाशित गर्न थालेको छ। प्रतिनिधि छनोट प्रक्रिया शनिबार सम्पन्न भएको थियो। महाधिवेशन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने र बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।














