रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण, नाम र चिह्न जस्ताको तस्तै रहने
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकीकरण भएको छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुवै पार्टीले एकताको घोषणा गरे। रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच सहमतिका आधारमा पार्टीको नाम रास्वपा नै रहने निर्णय भएको छ।
उपाध्यक्ष स्वर्णिम वाग्लेका अनुसार सहमति अनुसार नयाँ एकीकृत पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहनेछ। एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालय र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।
पार्टीको चिह्न ‘घण्टी’ पनि पूर्ववत रहने सहमति भएको छ। वाग्लेले भने, “दुवै दलका नेताहरूले पुरानो चिह्न कायम राख्न पूर्ण रूपमा सहमति जनाएका छन्।” एकीकरणपछि दुवै पार्टीका नेता र कार्यकर्ता नयाँ सिङ्गो पार्टीलाई मजबुत बनाउने बताएका छन् ।













