नेपाल आयल निगमले इन्धन मूल्य समायोजन गर्यो, डिजेल–मट्टितेल सस्तो, हवाइ इन्धनमा वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल आयल निगमले इन्धन मूल्य समायोजन गर्यो, डिजेल–मट्टितेल सस्तो, हवाइ इन्धनमा वृद्धि

काठमाडौ । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्य फेरि समायोजन गरेको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले सस्तो भएका छन्। पेट्रोल र एलपी ग्यासको दर भने परिवर्तन गरिएको छैन।

त्यस्तै, आन्तरिक उडानका लागि हवाइ इन्धन प्रतिलिटर ६ रुपैयाँले बढाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भने प्रतिकिलो लिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ। समायोजित नयाँ दर आज मध्यरातबाट लागू हुनेछ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतारचढाव तथा आयात खर्चका आधारमा मूल्य परिमार्जन गर्नुपरेको बताएको छ। डिजेल–मट्टितेल सस्तो हुँदा यातायात क्षेत्रले केही राहत पाउने अनुमान गरिएको छ भने आन्तरिक उडान भाडा बढ्ने सम्भावना बढेको छ।