तपाईको आजको राशिफल

User Image Prime TV News एक घण्टा अगाडि
Image of तपाईको   आजको   राशिफल

बेदोन्तेषु ममाहुरेक पुरुषं व्याप्य स्थितं रोदसी । यस्मिन्नीस्वर इत्यनन्यविषमः शब्दो यथार्थाक्षरः ।।
अन्तर्यश्च ममुक्षभिर्नियमिति प्राणादिभिर्भग्यते । स स्थाणः स्थिरभक्तियोगसुलभो निः श्रेयसामास्तुवः ।।

वेदान्त ग्रन्थमा जसलाई एकमात्र परम पुरुषं परमात्मा भनिएको छ जसले समस्त धावा पृथ्वीको अन्तर्बाह्य– सर्वत्र व्याप्त गर्नुभएको छ जुन एक मात्र महादेवका लागि इश्वर शब्द अक्षरश यथार्थ रुपमा प्रयुक्त हुनुहुन्छ र दोस्रोको विशेषणको विषय बन्दैन । आफ्नो अन्तर्हृदयमा समस्त प्राणीहरुलाई निषुद्ध गर्दै मोक्ष चाहने योगीजन जसको निरन्तर चिन्तन र अन्वेषण गर्दछन् जो नित्य एक समान सुस्थिर रहने भएका महाप्रलयमा पनि विनष्ट नहुने र भक्ति योगवाट शीघ्र प्रशन्न हुने भगवान शिवले हामी सवैलाई कल्याण गरुन् ।

आजको पञ्चाङ्ग, सिद्घार्थीनाम संवत्सरश्रीसूर्य दक्षिणायण हेमन्त ऋतौ मिति २०८२ साल मार्गशीर्षशुक्लपक्ष एकादशी तिथि रेवती्र नक्षत्र मंसिर महिनाको १५ गते आज सोमवार तदनुसार १ डिसेम्वर २०२५ वब करण मातंग योग, मिन राशिमा चन्द्रमा रहेका छन भने आजको दिनमान २६ घडि १० पलाको रहेको छ, प्रातः सूर्योदय ६ बजेर ३८ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ६ मिनेट साझमा रहेको छ ।  

आजको राशिफल:-


मेष:- जिम्मेवारी प्राप्त भएपनि उपलब्धिका लागि प्रतिक्षा गर्नु होला छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउ सक्नेछ । अवसर आएपनि काममा हात हाल्नु अघि विचार पुर्याउनु होला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका कार्य बन्नेछन् । थोरै लाभ भएपनि आवश्यकता पूरा हुनेछ । मध्यान्ह देखि साथीभाई सँग सन्तुलित व्यवहार गर्नु होला आफन्तहरु टाढिन सक्छन् । चिताएको कार्य विग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठयारो पार्न सक्छ ।

बृष:- व्यवहारले अरुलाई आकर्षण गर्न सकिने छ मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला जिद्दी बानीले पहिलेकै काम दोहोर्याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न सकिने छ त्यसैले जीवनमा परिवर्तन ल्याउन सकिने छ ।

मिथुन:- अरुको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । नवीन कार्यको सुरुवात हुन सक्नेछ । कार्य सम्पादन भएतापनि तत्काल आम्दानीको आशा नराख्नु उपयुक्त हुनेछ आफन्तजनको सुझावलाई वेवास्ता नगर्नुहोला समयको गतिलाई पछयाउने प्रयास गर्नुहोला बौद्धिकताको उपयोगद्धारा लक्ष्यमा पुग्न सकिएला । फजुल खर्च गर्नवाट सतर्क रहनु होला प्रयत्न गर्दा प्रतिफल राम्रै प्राप्त हुने योग देखिन्छ ।

कर्कट:- विना सोचेर अरुलाई बचन दिने बानीले अप्ठयारोमा पार्न सक्छ ईष्र्या गर्ने हरुले सताउन सक्छन महत्वकाक्षी योजना गोप्य राखेर अगाडी बढदा राम्रो हुनेछ । आफ्नो बुद्धीको उपयोगले जटिल ठानिएका कार्य पनि सहज रुपमा बन्ने छन् । आजको श्रमवाट पछिलाई फाइदा पुग्न सक्छ । मनमा डर बनिरहने छ । परिवारमा मान्यजनको सहयोग लिएर केही काम गर्दा सफलता मिल्ने छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । चोटपटक लाग्न सक्ने सम्भावना छ ।

सिंह:- सहयोगीहरुले हात झिक्नाले समस्यामा परिने देखिन्छ जिम्मेवारी प्राप्त भएपनि फाइदा लिन केहि संघर्षृ समेत गर्नुपर्ला बेलामा होस नपुर्याउदा अप्ठयारा चुनौतीहरु आउन सक्छन् । आफ्ना अवसरका लागि जोखिमपूर्ण काममा लाग्नुपर्ला । इष्र्या गर्नेहरु प्रतिस्पर्धामा आउन सक्छन् । तापनि मिहिनेतले अवसरहरु प्राप्त हुनेछ अग्रजहरुको मार्गदर्शनमा लाभदायक रहेको छ । लगनशीलताले प्रतिष्ठित कार्य गर्ने मौका पाइने छ रमाइलो जमघटका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला ।

कन्या:-आत्तिने बानीले काम विग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला । आफूले बोलेको बोलीको गलत अर्थ लाग्नाले विवाद परिने छ मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ स्थायी सम्पतिमा पनि विवाद आउन सक्ने सम्भावना देखिन्छ अध्ययनको लगनशीलताले सोचे जस्तो परिणाम नआउन सक्छ । परिवारजनले दिइएका कुराहरुलाई सोच विचार गरेर अघि बढनु उपयुक्त हुनेछ । उपब्धिका लागि केही समय प्रतिक्षा गर्नुहोला ।

तुला:- हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मा सम्मानका लागि मौन रहनु बेश होला बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्ने छ । भावनालाई बुझ्न नसक्दा शुभचिन्तकहरु टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरुवाट सावधान रहनुहोला । केही खर्च बढेपनि धैर्य साथ गरिएकोृ कुुशल व्यवहारले फाइदा दिलाउने छ । सामान्य आम्दानी भएपनि अर्थ अभावले सताउन सक्छ । मध्यान्हपछि वादविवादवाट टाढै रहन सके फाइदा मिल्ने छ ।

बृश्चिक:- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला आफ्नै बेहोसिले नोक्सान पुर्याउलां फजुल खर्च बढाउन सक्छ कार्य दोहोर्याउने स्थिति आउन सक्छ । चुनौतीहरु पन्छाउदै रोकिएका कार्य बनाउन सकिनेछ । बौद्धिकताको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ समयको गतिलाई पछयाउने प्रयत्न गर्नुहोला । अपरिचित व्यक्तिको सम्पर्कवाट सतर्क रहनु होला । ठूलो समारोहमा सरिक हुने अवसर मिल्नुका साथै मान्यजनवाट आशीर्वाद मिल्न सक्ने देखिन्छ । 

धनु:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनृेछन् । आटेका काममा सफलता मिल्ने छ ।

मकर:- व्यवहारले अरुलाई आकर्षण गर्न सकिने छ मिहिनेत गर्दा सामान्य उपलब्धि प्राप्त होला जिद्दी बानीले पहिलेकै काम दोहो¥याउनु पर्ला आफ्नो बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने सम्भावना छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । गोपनियतामा विशेष ध्यान पुर्याउनु होला । छोटो समयमा केही लक्ष्य प्राप्त गर्न सकिने छ त्यसैले जीवनमा परिवर्तन ल्याउन सकिने छ । प्रतिद्वन्द्वीहरु पछि पर्ने छन् ।

कुम्भ:- पहिलेको सफलताले हौसला जगाउने छ साथै आफ्नो कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ मनग्गे धन आर्जनको समय रहेको छ विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ । आफ्नो व्यक्तित्वमा आफ्नै कार्यशैलीले निखारता ल्याउने छ भने नयाँ कामको प्रस्ताव आउने छ तर भौतिक साधनको कमीले भने अपठयारो पार्न सक्छ । धेरैले आफ्नो कामको प्रशंसा गर्ने छन् ।

मीन:- मिहिनेत गर्दा आटेको काम पूरा हुनेछ । लगनशीलताले कार्यशैलीमा सुधार आउनेछ । आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ । आत्मसम्मानका लागि मौन रहनु उपयुक्त होला । नयाँ काममा हात हाल्ने समय छ सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि र व्यवसायिक काममा फाइदा हुने देखिन्छ उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ । प्रतिस्पर्धी परास्त होलान सहयोगीहरुले राम्रो साथ दिनृेछन् । आटेका काममा सफलता मिल्ने छ । 

-ज्यो.घटराज निरौला