ऊर्जा मन्त्री कुलमान घिसिङ र मेयर बालेनबिच भेट, राजनीतिक सहकार्यको संकेत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन बीच आइतबार साँझ भएको भेट राजनीतिक टिप्पणीकारहरूले ध्यानपूर्वक हेरिरहेको घटना बनेको छ।
भेटको तस्बिर मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। तस्बिरसँगै उनले “देश बनाउने अभियानमा हामीसँगै छौँ” भन्ने टिप्पणी गरेका छन्। घिसिङ र बालेन विच भेटका दिन राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो।
देशमा वैकल्पिक राजनीतिक शक्ति एकतर्फ उन्मुख भइरहेका बेला घिसिङ–बालेन भेटलाई सामान्य शिष्टाचार भन्दा बढी अर्थपूर्ण रुपमा व्याख्या गरिएको छ। घिसिङको संरक्षणमा दर्ता गरिएको उज्यालो नेपाल पार्टी पनि केही समयदेखि रास्वपासँग एकता वा सहकार्यका विषयमा निरन्तर छलफलमा रहेको छ।
मेयर बालेन गैरदलिय जनमतको आधारमा काठमाडौँ महानगरमा काम गर्दै आएका छन् भने कुलमान ऊर्जा क्षेत्र सुधारका कारण जनस्तरमा चर्चित छन्। यी दुई व्यक्तित्वको भेट हालैका राजनीतिक एकतासँग मेल खान थालेपछि सम्भावित सहकार्य, समन्वय वा नयाँ शक्ति निर्माणको संकेत देखिएको विश्लेषण भइरहेको छ ।













