नेपाली कांग्रेसको स्थगित बैठक आज, महाधिवेशन मिति र कार्यतालिका ल्याउने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको स्थगित बैठक आज, महाधिवेशन मिति र कार्यतालिका ल्याउने तयारी

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीभित्र महिनौँदेखि चर्किएको महाधिवेशन विवाद आइतबार सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा शीर्ष नेताहरूबीच सहमतिको नजिक बनेपछि बैठक अघि बढ्न सकेको हो।

देउवा निवासमा भएको छलफलमा १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म गर्ने निर्णयसँगै अड्किएको विवादमा पहिलो ठोस सहमति जुटेको मानिएको छ। त्यही सहमतिको आधारमा आज दिउँसो २ बजे बस्ने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विस्तृत कार्यतालिका पेस गर्ने तयारीमा छन्।

एक महिनाअघि नै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशनको मिति, प्रक्रिया र नेतृत्व भूमिकाका विषयमा मतभेद बढ्दै गएपछि अवरुद्ध भएको थियो। असोज २८ मा देउवाले विदेश उपचारमा जानुअघि उपसभापति खड्कालाई कार्यवाहक जिम्मेवारी दिए पनि नेताहरूबीच सहमति नजुटेपछि पार्टी स्थिररूपले अघि बढ्न सकेको थिएन।

देउवा फर्किएपछि नै निकास खोज्ने प्रयास तीव्र भएको हो। शीर्ष तहबाट आएको सहमतिले आजको बैठकलाई निर्णायक बनाइदिएको छ।